सिराजलाई अष्ट्रेलियाली दर्शकले ‘बिग डग’ र ‘ब्राउन मंकी’ भनेपछि हंगामा

काठमाडौं । भारतीय क्रिकेटर मोहम्मद सिराज र जसप्रीत बुमराहलाई अष्ट्रेलियाली दर्शकले ब्राउन डग भनेपछि हंगामा मच्चिएको छ ।सिड्नी टेस्टको दोश्रो दिन र चौथो दिनमा उनीहरुमाथि नश्लीय टिप्पणी आएको हो ।

बाउन्ड्रीमा फिल्डिङ गरिरहेका उनलाई अष्ट्रेलियाली दर्शकले लगातार ब्राउन मंकी र बिग डग भनेका थिए । सिराजले अम्पायरसँग यस बारेमा बताएपछि स्टेडियमबाट ६ जना दशृकलाई पुलिस बोलाएर निकालिएको थियो ।

अष्ट्रेलियाली क्रिकेट काउन्सिलले यस घटनामा भारतसँग माफी मागेको छ ।

भारतीय क्रिकेट टमिका कप्तान विराट कोहलीले पनि यस घटनाको भोर भर्त्सना गरेका छन् ।

उनले मेदानमा यो देख्नु लाजमर्दो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?