निरन्तर घट्दै सुनको मूल्य, आज कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले गिरावट आएको छ ।

साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला सुन ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । आइतवार सुनको मूल्य एकैपटक २३ सयले कमि भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ४० रुपैयाँले कमि आएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ७० रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?