ओलीले विस्तार गरे केन्द्रीय कमिटी, १५ सय १ पुर्‍याइयो सदस्य संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्दीय कमिटी विस्तार गरेका छन् ।

अध्यक्ष ओलीले नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी संख्या विस्तार गरी १ हजार ५ सय १ पुर्‍याएका हुन् ।

आइतवार अन्तरपार्टी निर्देशीका जारी गर्दै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको संख्या १ हजार ५ सय १ पुर्‍याएका हुन् । तत्कालिन एमाले र माओवादीबीच एकता हुँदा नेकपामा ४ सय ४१ जनाको केन्द्रीय कमिटी रहेको थियो । जसमा पछि ४ जना पछि थपिएको र तीन जनाको मृत्यु भएको थियो भने ८ जना विभिन्न ८ जना राजकीय जिम्मेवारीमा रहेका छन् ।

संसद विघटनपछि नेकपा विभाजन भएसँगै ओलीले अन्तरपार्टी निर्देशिका जारी गर्दै केन्द्रीय कमिटीको संख्या बढाएका हुन् ।

पार्टी विभाजनपछि गत पुस ९ गते बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी सदस्यको सङ्ख्या १ हजार १ सय ९९ सदस्यीय पुर्‍याएको थियो ।त्यस्तै आइतवार अन्तरपार्टी निर्देशिका जारी गर्दै ओलीले केन्द्रीय कमिटीको संख्या झन बढाएका हुन् ।

त्यस्तै पुस ७ देखि ९ गतेसम्म बसेको ओली निकट नेकपाको तेस्रो केन्द्रीय कमिटी बैठक सर्कुलर गर्दै रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको बताइएको छ ।

जारी अन्तरपार्टी निर्देशिकामा भनिएको छ । “अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार उहाँले एकीकरणका बाँकी काम सम्पन्न गर्ने दायित्व पूरा गर्न नसकेको, पार्टीको एकता महाधिवेशनको तयारीका काम अगाडि बढाउन नसकेको तथा पार्टी एकतालाई सुदृढ गर्नुभन्दा विभाजनकारी गतिविधिलाई प्रश्रय दिएको हुनाले फिर्ता गरिएको छ । पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीमा निहित रहनेछन्,” ।

संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भएका छ । एक समूहको नेतृत्व ओलीले गरिरहेका छन् । भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल(प्रचण्ड-नेपाल) समूहले गरिहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?