काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपालका खेलाडीहरु अनुबन्ध भएनन् । पाकिस्तानको लाहोरमा आइतवार भएको ड्राफ्टमा नेपालका खेलाडीहरु अनुबन्ध नभएका हुन् ।
पीएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसहित १० खेलाडी परेका थिए । लेग स्पिनर सन्दीप प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा रहेका थिए ।
पीएसएलमा सन्दीप लगातार दोस्रो सिजन क्लब विहीन भएका हुन् । गत सिजन समेत उनी अनसोल्ड भएका थिए । यस्तै, राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका थिए ।
यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका थिए ।
तर, ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया