काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले समान एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए ।

युभेन्टसविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए । दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए ।
जितसँगै युभेन्टसले १६ खेलमा ३३ अंक जोडेको छ । युभेन्टस तालिकाको चौंथो स्थानमा रहेको छ । सासुओलो २९ अंक जोडेर सातौं स्थानाम रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया