काठमाडौं । एन्फाका पूर्व महासचिव एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।
उनको आइतवार (हिजो) राति दैलेखमा निधन भएको हो ।
विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाहीको गएराति ९ः३० बजे राति दैलेखको चौरटामा देहवसान भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
नेपालका उत्कृष्ट गोलकिपर मध्येका एक शाहीले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट रहेर खेलेका थिए ।
साथै नेपाली राष्ट्रिय टिमबाट सन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए। त्यसक्रममा शाही सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बनेका थिए ।
स्वास्थ्य समस्याका कारण शाही पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा देखिएका थिएनन् ।
उनको पुर्ख्यौली घर दैलेखमै अन्तिम संस्कार गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया