सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ ।

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्ने र जसले गर्दा ग्राहकहरुको समयको बचत हुने साथै र बंैकिङ्ग सेवा अझ बढि सुविधाजनक हुने बैंकले जनाएको छ ।

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंकस्माट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

बैंकले, कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बंैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै आगामी दिनहरुमा पनि बंैकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरण गर्दै जाने उद्देश्य बंैकले लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?