कसरी बन्छ मीठो चाकु ? इतिहासदेखि वर्तमानसम्म (भिडियो)

काठमाडौं- काठमाडौंको टोखा क्षेत्र यतिबेला निकै मग्मगाइरहेको छ । माघे संक्रान्तिको विशेष परिकार मानिने चाकुको बास्नाले टोखा क्षेत्र पुग्ने जो कोहीको मुख रसाउँछ ।

टोखामा यतिबेला खुवा चाकु, स्पेशल चाकु, झेल चाकु, बाहिरी मसला, भित्री समला, सुत्केरी मसला, सेतो तिल, कालो तिललगायतका परिकारहरु पाकिरहेको छ । तिनै परिकारहरुको बास्नाले मग्मगाइरहेको हो, टोखा ।

यतिबेला त्यहाँका व्यापारीलाई विभिन्न प्रकारका चाकुहरु बनाउन भ्याइनभ्याई छ । टोखामा अहिले १३ वटा चाकु कारखाना छन् । तीमध्ये ७ वटा कारखाना त एउटै पुस्ताबाट संचालित छन् ।

चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन । चाकु बनाउनका लागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्छ । ज्ञान, सिप र अनुभवबिना चाकु बनाउन नसकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?