मल्टिस्टारको साधारण सभा सम्पन्न, नयाँ उद्यमी लक्षित योजना तय

काठमाडौं । मल्टिस्टार बचत तथा ऋण सहकारी संस्था लिमीटेडले आफ्नो एघारौँ वार्षिक साधारण सभा पौष २५ मा सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण सानो आकार र छोटो समयमा नै संस्थाले आफ्नो साधारण सभा सम्पन्न गरेको हो। काठमाडौंस्थित पेप्सिकोलाबाट सञ्चालित यस सहकारी संस्थामा करिब एक हजार भन्दा बढि शेयर सदस्य रहेको संस्थाका अध्यक्ष अनशन शाखले जानकारी दिए।

काठमाडौं महानगरपालिका भरी कार्यक्षत्र रहेको यस संस्थाले विशेष गरी साना उद्यमी प्रति लक्षित गरेर आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुख्य रूपमा आई एम ई र प्रभु मनि ट्रान्सफरको सेवा, खानेपानी, बिजुलीको बिल E-payment गर्न मिल्ने लगायत अन्य थुप्रै सेवा तथा सुविधा संस्थाले प्रदान गर्दै आइरहेको अध्यक्ष शाखले जानकारी दिए ।

नयाँ उधमी तथा व्यवसाय गर्न चाहने महानुभावले यस सहकारी संस्थासँग समन्वय राखेमा झन् प्रभावकारी हुने पनि शाखले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?