काठमाडौं । प्रदेश १ र प्रदेश २ का केहि भू-भागमा अहिले आंशिक बदली रहेको छ। हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ भने बाँकि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
पछिल्ला दिनहरुमा दिउँसोको समयमा गर्मीको अनुभव हुन थालेको छ । दिउँसो अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको मौसमविदहरुले जनाएका छन् ।
शुक्रवार २१.४ डिग्री सेल्सियस रहेको काठमाडौंको अधिकतम तापक्रममा शनिबार २२.४ तथा हिजो आइतवार २३ डिग्री सेल्सियस रेकर्ड भएको महाशाखाले जनाएको छ । काठमाडौंको अधिकता तापक्रम बढेर आज २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया