काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सोमवार चियापान समारोहको आयोजना गरेको छ । दिवसका अवसरमा राप्रपाले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।
चियापान कार्यक्रम अघि बिहान साढे ११ बजे भद्रकालीबाट र्याली निकाल्ने र सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सम्बोधन गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया