३१ लाख ८९ हजार बोकेर हिंड्दा प्रहरीले भेटेपछि….

RSS
0
Shares

काठमाडौँ– स्रोत नखुलेको रु ३१ लाख नगदसहित सिराहा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

कपडाको झोलाभित्र स्रोत नखुलेको अवैधरूपमा बोकेर ल्याएको अवस्थामा नगदसहित यादवलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बरामद नगदसहित यादवलाई सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?