काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका १ बस्ने एक युवकलाई पक्राउ गरेको छ।
भायानेट कम्युनिकेशन प्रालिको डाटा चोरीको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१ बाट आज (आइतवार) ती परिवर्तित नाम (नरपिचास) लाई पक्राउ गरेको हो।
ती युवकले भायानेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्याएर फेसबुक, इन्टाग्राम ट्वीटर लगायतका सामाजिक सन्जालमा स्कृप्ट सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाइ विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया