लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकले पौष २६ गते आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारि गरेको बैंकले जनाएको छ । साथै बैंकको साधारण सभा बैठकले आ.व. २०७६/७७ सम्मको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत नगद लाभांश (करसहित) र ७ प्रतिशत बोनस शेयरसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको १३ औँ वार्षिक साधारण सभामा बैंकले कोरोना भाइरसलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्ष रिसालले वार्षिक प्रतिवेदनमा राखिएका जिज्ञासाको जवाफ दिएका थिए । बैंकले निरन्तर सहयात्रा भन्ने नाराकासाथ देशभर सातै प्रदेशमा ६९ शाखा कार्यालय र १७ वटा एटिएमबाट २ लाख ६४ हजार ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ ।

हालै मात्र बैंकले आफ्ना ग्राहकलाई निशुल्क डेविड एटिएम कार्ड वितरण गर्नुका साथै नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?