एनवाईएफसीको नेपालकै ठूलो क्यालिस्थेनिक्स पार्क नक्सालमा

काठमाडौं । नेपाली युथ फिट्नेस एण्ड क्यालिस्थेनिक्स (एनवाईएफसी)ले शुरु गरेको प्रोजेक्ट टेम्पल अन्तर्गत शुभश्री कलेजसँगको सहकार्यमा नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा निर्माण भएको छ ।

गत शनिवार नेपाली कांग्रेसका नेता गगन थापाले झण्डा तोलन गरी उक्त पार्कको उद्घाटन गरेका हुन् ।

युवाहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडि देखि निर्माण गर्दै आएको र यस्तै व्यायाम स्थलहरू देशका सबै शहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको एनवाईएफसीका संस्थापक शुकदेव कार्कीले जानकारी दिए ।

व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माण सँगै त्यहाँका स्थानीयहरूमा हर्ष उल्लास छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?