“प्रभुको चरणमा होइन जनताको शरणमा जाने हो, खुट्टा किन कामेको ?”- प्रधानमन्त्री (भिडियो)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफुलाई जनताबाट नै दण्डित गराउन चुनौति दिएका छन् ।

आईतवारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संसद विघटन गरि प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णयको विरोध गर्नेहरुलाई निर्वाचनमा गएर जनताबाट नै दण्डित गरेर देखाउन चुनौति दिएका हुन् । उनले आफ्नो निर्णयमा चित्त नबुझ्नेहरुलाई ‘जनताबीच गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्न ’पनि आग्रह गरे ।

उनले भने, “निर्वाचनमा जाने भन्ने वित्तिकै खुट्टा किन कामेको ? निर्वाचन भन्ने वित्तिकै सातो किन गएको ? जनताको विचमा जाने भन्ने वित्तिकै, ताजा जनादेश लिने भन्ने वित्तिकै ? अरु कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? जनताको शरणमा जाने भनेको । नेपाली जनताको अभिमत लिने भनेको । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली जनताले दण्ड देलान् । नेपाली जनताको विचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् न तपाईहरुहरु जानुहोस् । जो जस्लाई चित्त बुझेको छैन । तपाईहरुलाई जनताले त्यही जवाफ दिएर पठाउनेछन् । ”
प्रधानमन्त्री ओलीले लोकतन्त्र र जनताको बलिदानीको रक्षा गर्नका लागि आफुले जिम्मेबारीबोधका संसद विघटन गरेर ताजा जनादेशमा गएको बताए । उनले भने, “गैरजिम्मेवार भन्या के हो ? मैले विल्कुल जिम्मेवारीबोधका साथ जनताको बलिदानीको रक्षा गर्नुपर्छ , खेर केही पदलोलुप मान्छेहरुको आत्मकेन्द्रीत स्वार्थी क्रियाकलापहरुलाई हावी हुन दिएर देशमा लोकतन्त्रलाई सही मार्गबाट अन्यत्र जान दिनुहुदैन भनेर नै प्रतिनिधिसभा विघटन गर्नुपरेको हो । गैह् जिम्मेबार कसरी भयो ? के हो गैह्जिम्मेबारवोध भनेको ? विल्कुल जिम्मेबारीका साथ कर्तव्यबोधका साथ यो काम गरिएको हो । ”

उनले संसद विघटन संगै आफ्नो लोकप्रियतामा कमि आएको टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै त्यसको परिक्षण निर्वाचनमा गएर गर्न चुनौति दिए ।

प्रस्तुत छ, प्रधानमन्त्रीको सम्वोधन समेटिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?