क्याफेमा लागुऔषध कारोबार : सञ्चालकलाई भएन कारबाही

काठमाडौं , १७ असोज।पटकपटक क्याफेबाटै लागुऔषधको कारोबार गर्ने युवक कारबाहीविनै छुटेका छन् । ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीनजनालाई प्रहरीले दबाबको भरमा कारबाही नगरी छाडेको हो ।महानगरीय प्रहरी प्रभाग पुलचोकले १० असोज शाक्यसहित उनको क्याफेका कामदार योदिन कार्की र लागुऔषध दुव्र्यसनी विराज भण्डारीलाई पक्राउ गरेको थियो । प्रभागले मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएकोमा तीनैजना ११ गते नै छुटेका हुन्।सर्च एन्ड सिल अप्रेसनका भण्डारीलाई प्रहरीले पिम्बालपोखरीबाट ४५ ग्राम पोल्यान्ड नामक चरेसजस्तै लागुऔषधसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा मेगा मग क्याफेमा किनेको बताएपछि प्रहरीले क्याफेका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको हो ।

शाक्यका साथबाट थप करिब २ सय ग्राम लागुऔषध भेटिएको थियो । पलङभित्र पोका पोका बनाएर बिक्री गर्न राखिएको अवस्थामा थप लागुऔषध भेटिएको थियो ।यसरी क्याफेबाटै लागुऔषधको धन्दा चलाउने व्यक्तिलाई विनाकारबाही छाडिएकामा परिसरकै प्रहरी अधिकारीहरू अचम्ममा परेका छन् । शाक्य विगतमा पनि गाँजासहित पक्राउ परेका व्यक्ति हुन् । उनी प्रहरीको तारेखमै थिए ।

तारेख सकिएको तेस्रो दिन फेरि उनी पक्राउ परेका हुन् । ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्द भने घटनाबारे आफूलाई जानकारी नभएको बताउँछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?