काठमाडौं । भक्तपुरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुन: प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इमर्जेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया