काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण हात पारेकी छिन् । आइतवार ढाकामा भएको दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण हात पारेकी हुन् ।

पुष्पाले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालिन् । पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन् ।
भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेण्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया