काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेकी हुन् ।
त्यसलाई पढ्दै राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले आज राति १२ बजेबाट राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको घोषणा गरे ।
“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति ७७ पुस महिनाको २६ को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन २०७७ साल पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।” राष्ट्रपति भण्डारीले पठाएको पत्र पढ्दै उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया