३१ श्रावण २०७९, मंगलवार

क्याफेमा लागुऔषध कारोबार : सञ्चालकलाई भएन कारबाही

२०७४,आश्विन,१७,मंगलवार ०४:५३

0
Shares

काठमाडौं , १७ असोज।पटकपटक क्याफेबाटै लागुऔषधको कारोबार गर्ने युवक कारबाहीविनै छुटेका छन् । ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीनजनालाई प्रहरीले दबाबको भरमा कारबाही नगरी छाडेको हो ।महानगरीय प्रहरी प्रभाग पुलचोकले १० असोज शाक्यसहित उनको क्याफेका कामदार योदिन कार्की र लागुऔषध दुव्र्यसनी विराज भण्डारीलाई पक्राउ गरेको थियो । प्रभागले मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएकोमा तीनैजना ११ गते नै छुटेका हुन्।सर्च एन्ड सिल अप्रेसनका भण्डारीलाई प्रहरीले पिम्बालपोखरीबाट ४५ ग्राम पोल्यान्ड नामक चरेसजस्तै लागुऔषधसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा मेगा मग क्याफेमा किनेको बताएपछि प्रहरीले क्याफेका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको हो ।

शाक्यका साथबाट थप करिब २ सय ग्राम लागुऔषध भेटिएको थियो । पलङभित्र पोका पोका बनाएर बिक्री गर्न राखिएको अवस्थामा थप लागुऔषध भेटिएको थियो ।यसरी क्याफेबाटै लागुऔषधको धन्दा चलाउने व्यक्तिलाई विनाकारबाही छाडिएकामा परिसरकै प्रहरी अधिकारीहरू अचम्ममा परेका छन् । शाक्य विगतमा पनि गाँजासहित पक्राउ परेका व्यक्ति हुन् । उनी प्रहरीको तारेखमै थिए ।

तारेख सकिएको तेस्रो दिन फेरि उनी पक्राउ परेका हुन् । ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्द भने घटनाबारे आफूलाई जानकारी नभएको बताउँछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई धनुषाबाट पक्राउ गरिएको  हाे । उपत्यका

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०