अब कुरा फिट्ने दिन गए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरिरहेकाले गफ मात्रै फिट्ने दिन गएको दाबी गरेका छन् । आज बसेको राष्ट्रिय सभाको ७ औँ अधिवेशनको चौथौँ बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

आफूले ताजा जनादेशका लागि प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनमा जाने निर्णय गरेको बताए । केही व्यक्तिहरुले व्यक्तिगत आकांक्षालाई मात्रै मलजल गर्दै देशलाई अस्थिरतामा लैजान खोजको भन्दै आफूले ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको बताए ।

“अब गफ फिट्ने दिन गए । अब मैदानमा जाउँ । जनताहरुको बिचमा जाऔँ ।” प्रधानमन्त्री ओलीले भने । “अस्थिरता रोक्न प्रतिनिधि सभा विघटन गरियो । त्यसलाई रोक्न ताजा जनादेश ल्याउँन निर्वाचनमा जान लागेको हुँ ।”

आफूले निर्वाचनमा जान भनिएपनि साथीहरुले खुट्टा कमाएको आरोप लगाए । साथै आफूलाई कारबाही गर्नका लागि आह्वान गर्न समेत आग्रह गरे ।

“निर्वाचन भन्ने वित्तिकै खुट्टा कमाएको ? जनताको बिचमा जाने भनेको छ । जनताको बिचमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्न आहवन गर्नुस् न ।” प्रधानमन्त्री ओलीले भने ।

कुनै पनि सरकारका काम भन्दा यतिबेलाको सरकार काम गरेको समेत दाबी गरे । कोरोना महामारीका बेला सरकारले जनतामा जनजागरण अपनाएर कोरोना भगाएको दाबी गरे ।

“कोभिडलाई हामीले जनतामा जाँगरण फैलाएर, चेतना जगाएर विभिन्न जढिबुढी खुवाएर हटाउने कोसिसमा छौँ ।” उनले भने ।

लोकतन्त्र ल्याउन जनताले जति दुख पाएको कुरा मर्न नदिनका लागि आफूले संसद विघटन गरी संसद विघटनको बाटो गएको बताए । “मैले लोकतन्त्रको उपलब्धिहरुलाई खेर जान नदिन प्रतिनिधि सभा विघटन गरेँ । विल्कुल जिम्मेवारीका साथ, कर्तव्य बोधका साथ प्रतिनिधि सभा विघटन गरेँ ।” प्रधानमन्त्री ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?