धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानीक भएको भन्दै धनगढीमा बयलगाडा प्रदर्शन भएको छ । नेकपा प्रचण्ड–नेपाल समुह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा प्रदर्शन भएको हो ।

दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अफ्ठ्यारो भयो भन्दै प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम उठाएको विरुद्ध बयलगाडा र्याली आयोजना गरिएको विधार्थी नेता डम्मर भट्टराईले जानकारी दिए ।

धनगढीको क्याम्पस चोकदेखि पार्कमोड सम्मको उक्त र्याली ३५ देखि ४० बयलगाडा प्रदर्शन भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया