प्रधानमन्त्री ओलीले भने- ‘५ वर्ष सरकार टिकाउन ठूलो कोसिस गरेँ, तर…’ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभालाई ५ वर्षसम्म टिकाउने धेरै कोसिस गरेको बताएका छन् ।

आज राष्ट्रिय सभाको ७ औँ अधिवेशनको चौथौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले ५ वर्ष सरकार टिकाउने धेरै प्रयास र कोसिस गरेको बताए ।

“जनताको आकांक्षा पनि त्यहि थियो । ५ वर्ष सरकार चलेको हेर्ने । मैले धेरै प्रयास गरेँ, धेरै कोशिश गरे ५ वर्ष सरकार टिकाउने ।” उनले भने ।

सबैले ५ वर्ष सरकार चलाउने आफूले र जनताले समेत सोचेको तर सरकार चलाउनमा केही व्यक्तिहरुले व्यक्तिगत आशा इच्छाले राष्ट्रिय राजनीतिलाई नै हलचल गरेको टिप्पणी गरे ।

“हामीले सोचेका थियौ ५ वर्ष प्रनितिधि सभा चल्नेछ । यसले निरन्तर देश र जनताको समस्यामा काम गर्न पाउनेछ । सरकारलाई काम गर्ने वातावरण खडा गरियो । जहिलेपनि झमेला मात्रै सिर्जना गर्ने । केही व्यक्तिका व्यक्तिगत आशाका कुराहरुले राष्ट्रिय राजनीतिलाई नै प्रभावित बनाउन खोज्यो ।” उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएको र सरकारले संसदमा लगेका विधेयकहरु अड्क्याइदिएको समेत आरोप लगाएका छन् ।

साथै ताजा जनादेशका लागि निर्वाचनमा गएको र अलि फरक तरिकाले अघि बढ्न खोजिरहेको बताएका छन् । “प्रतिनिधि सभा विघटन भएको छ र देश निर्वाचन तर्फ गइरहेको छ ।”

आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पालामा जति काम कसैले काम गर्न नसकेको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?