काठमाडौं । आफ्नै गृहजिल्लामा कृषिमन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएको छ ।
नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् ।
मन्त्री अर्याललाई कालोझण्डा देखाउँदै सरकारविरूद्द चर्को नाराबाजी लगाएका थिए।
सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा पुगेकी थिइन् । कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।
https://www.facebook.com/chandra.badu.5/posts/3567863683332593
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया