काठमाडौं । अमेरिकाको क्यापिटल हिल बिल्डिङमा भएको हिंसामा सामेल पश्चिमी भर्जिनियाका सांसद डेरिक इवान्सले राजीनाममा दिएका छन् ।
यो भन्दा पहिला अमेरिकाको कोलम्बिया जिल्लाको अदालतले क्यापिटल हिल भवनमा भएको हिंसामा इवान्ससहित तीन अन्यलाई आरोपित ठहर गरेको थियो ।
उनले तत्काल सदनको सदस्यबाट राजीनामा दिएको इवान्सले गभर्नर जिम जस्टिसलाई लेखेको चिठीमा लेखिएको छ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले गत बुधवार संसद भवन छिर्दा हिंसा भएपछि ५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया