भारतलाई दोश्रो झट्का : शुभमन र रोहित शर्मा आउट

काठमाडौं । अष्ट्रेलिया र भारतकोबीचमा सिड्नीमा भइरहेको टेस्टको चौथो दिनको खेल जारी छ । अहिले अष्ट्रेलियाले दिएको ४०७ रनको लक्ष्य पछ्याइरहेको भारतलाई दोश्रो झट्का लागेको छ ।

भारतका ओपनर द्वय रोहित शर्मा र शुभमन गिल आउट भएका छन् । गिल व्यक्तिगत ३१ रनमा आउट भएका हुन् भने शर्मा व्यक्तिगत ५२ रन बनाएर आउट भएका छन् ।

शर्माले विदेशमा पहिलोपटक अर्धशतक प्रहार गरेका छन् ।

भारतले अहिलेसम्म ३४ ओभरमा २ विकेटको क्षतिमा ९८ रन बनाएको छ । अहिले कप्तान अंजिक्य रहाणे र चेतेश्वर पुजारा क्रिजमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?