लद्दाखमा फेरि तनाव : भारतीय सीमामा घुसेका चिनियाँ सैनिक पक्राउ

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा फेरि समस्या उत्पन्न भएको छ । शुक्रवार एक चिनियाँ सैनिक भारतीय सीमामा घुसेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त सेनालाई भारतीय सेनाले गिरफ्तार गरेको बताइएको छ ।

अब उक्त सेनालाई तत्काल छोड्न चीनले चेतावनी दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त चिनियाँ सैनिकलाई पूर्वी लद्दाखमा प्यांगांग त्सोको दक्षिणी तटमा समातिएको बताइएको छ ।

चीनले ठूलो संख्यामा सीमामा सुरक्षा दल खटाएको बेला चिनियाँ सैनिक पक्राउ पर्नुलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?