काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
केहिबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँईले लोकपथलाई जानकारी दिए ।
प्रत्येक हप्ताको दुई दिन सोमवार र बिहीवार मन्त्रिपरिषद् बैठक बस्छ । यो हप्ता प्रधानमन्त्री ओलीले आइतवार (आज) नै मन्त्रिपरिषद् बोलाएका हुन् ।
आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज बस्ने राष्ट्रिय सभामा सम्बोधन गर्दैछन् । पुस १७ गतेबाट बोलाइएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज बस्न लागेको चौँथो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बोल्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया