इण्डोनेशियामा लगातार दुर्घटना : जावामा दुईपटक ल्याण्डस्लाइड, रेस्क्यू गर्न गएको टीम पनि फस्यो, ११ को मृत्यु

काठमाडौं । लगातार दुई दिन यता इण्डोनेशियामा दुर्घटना भइरहेको छ ।

शनिवार त्यहाँ ६२ जना मानिस चढेको विमान दुर्घटना ग्रस्त भएको थियो । अहिलेसम्म कसरी विमान दुर्घटना भयो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन । घटनास्थलमा मानिसको क्षतविक्षत अंग भेटिएको बताइएको छ ।

शनिवार नै जावाको सुमेडांग जिल्लामा ल्याण्ड स्लाइड भएको थियो । रेस्क्यू गर्न गएको टीमको गाी नै फसेको बताइएको छ । बचाउन गएका कर्मचारी पनि फसेको बताइएको छ ।

भारी वर्षाका कारण यस्तो भएको अधिकारीहरुले बताएका छन् ।दुर्घटनामा ११ जनाको निधन भएको बताइएको छ ।१८ जना भने घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?