आज दिनभर पशुपतिनाथको मन्दिर बन्द

काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतवार) बन्द छ । पशुपतिनाथलाई चिसोबाट जोगाउन हिजो (शनिवार) धनुर्मास पूजा आराधना गरिएका कारण आज आइतवार मन्दिर बन्द गरिएको हो ।

भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवम् रातभर पूजा गरिएकाले सो पूजा गरेको भोलिपल्ट मन्दिर बन्द गरिने नियम रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन् । मन्दिर अब भोलि (सोमवार) बिहान मात्र खु्ल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?