एकैपटक २३ सयले घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार ३ सयले कमि आएको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३०० रहेको थियो । त्यस्तै आज सुनको मूल्यमा गिरावट आइ प्रतितोला छापावाला सुन ९३ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ५ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ७० रहेको छ । त्यस्तै शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?