काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र फ्रान्क केस्सीले समान एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा लियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा फ्रान्कले गोल गर्दै मिलानलाई २(० को जित दिलाए ।
जितसँगै मिलानले १७ कलम ४० अंक जोडेको छ । मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
टोरिनो १२ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया