काठमाडौं । पाकिस्तान सुपर लिग ९पीएसएल० टी(ट्वान्टी क्रिकेटको ड्राफ्ट आज (आइतवार) हुँदैछ । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ ५:१५ बजे शुरु हुनेछ ।
ड्राफ्टमा नेपालका १० खेलाडी रहेका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । यो सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो ।
यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।
यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।
यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका छन् । यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया