रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको चेतावनी: सीमामा बस्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका हुन् ।

“कस्तो समय आयो ! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !,” शनिवार साँझ मिश्रले ट्वीटरमा लेखेका थिए ।

उक्त ट्वीटको आक्रोशपूर्ण जवाफ दिँदै रिमालले मिश्रलाई सीमा ननाघ्न चेतावनी दिएका हुन् । उक्त ट्विटको कमेन्ट्मा  रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?