कांग्रेस उपसभापति निधि जनकपुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर जाँदैछन् । पहिलो जनआन्दोलनका सहिद सत्यनारायण पाठकको शालिक अनावरण गर्ने कार्यक्रममा सरिक हुन निधी आज जनकपुर जान लागेका हुन् ।

कोरोना महामारी सुरु भएपछि उपसभापति निधि लगभग १० महिनापछि जनकपुर जान लागेका हुन्। उनले त्यहाँ कांग्रेस नेता-कार्यकर्ताहरूसँग भेटघाट र छलफल गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?