काठमाडौं । अहिले देशका केहि भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया