२०७४, १६ आश्विन सोमवार १३:२२

एमालेसँग पार्टी एकताबारे माओवादीमा छलफल


प्रकाशित मिति : २०७४, १६ आश्विन सोमवार १३:२२

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले बताइन् ।आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस