काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कम्युनिस्ट नेताहरूले जनतामा भ्रम फैलाउने काम गरेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा मकवानपुर क्षेत्र न १ नेपाली कांग्रेसद्वारा आयाेजित कार्यक्रममा बोल्दै नेता केसीले नेताहरूले धतुराे राेपेर सुन्तला फल्ने भ्रम बाडेको बताएका हुन् । जनता काेराेनाकाे त्रासमा रहेकाे दुखद समयमा वाम गठबन्धन राष्टकाे सम्पति लुटेर खुसी हुँदै भ्रामक कुरा गर्दै कार्यकर्ता हसाउदै हिडेकाे नेता केसिकाे आरोप छ ।
लाेकतन्त्रकाे रक्षाकाे निम्ति पुन काङ्ग्रेस जनताकाे पक्षमा जुनसुकै बलिदानी दिन तयार रहेकाे उनले बताए ।
तारानाथ चाैलागाईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेका बाग्मति प्रदेशका संसदीय दलका नेता ईन्द्र बानिया, कार्यबाहक सभापति बिष्णु लामिछाने, पुर्व सभापति रामचन्द्र अर्याल माईकल, नेबिसघका महामन्त्री प्रभात दाहाल लगायत नेता कार्यकर्ताले सम्बाेधन गरेका थिए ।
कार्यक्रमकाे पुर्व सन्धयामा फरेष्टि क्याम्पस अगाडिबाट बिराेध प्रदर्शन समेत भएकाे थियाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया