‘महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियो’- प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई कमेडी शो मा जान सुझाएका छन् । नेकपाको अर्को समूहमा रहेका दाहाल र नेपालले सूर्य चिन्ह दाबी गरेको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘२०७४ असोज टिकाको दिन दुबै सूर्य चिन्हमा लड्ने सहमति भयो। भोलिपल्ट उहाँहरुले मान्नु भएन,’ उनले भने, ‘अण्डाभित्रको हसियाँ हथौडामा लडे। अहिले तिनलाई सूर्य चाहियो रे। लाज लाग्नुपर्ने होइन् ? यस्तो मजाक एउटा कमेडि शो छ नि, त्यता पठाइदिए हुने।’

यस्तै ओलीले माधव नेपाललाई व्यंग्य गर्दै चुनाव हारेका अन्तैबाट रिमोट दबाएर प्रधानमन्त्री बनेको बताए।

ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !,” उनले भने, “यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।”

ओलीले पूर्व प्रधान न्यायाधीसहरुले संसद विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेकोतर्फ लक्षित गर्दै केही समय अदालतमा जागिर खाएको भरमा ‘अजासु’ नबन्न आग्रह गरे । अदालतलाई प्रभावित पार्ने प्रंयास नगर्न उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?