काठमाडौं । स्याङजाको चापाकोट नगरपालिका-३ ईनासकोट बस्ने ४७ बर्षीय गोपाल कामीलाई ६ थान भरुवा बन्दुक सहित शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरभित्र अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुकहरु फेला पारी कामीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया