काठमाडौं । सक्कली भनी नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका-११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार) लाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ ।
अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका-७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेको तथा पुस १७ गते चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको हो ।
सापकोटा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया