प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे तिमाल गाउँपालिका-७ घर भएका २८ बर्षीय चन्द्र तामाङलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?