नेपालको कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थपिए ३ सय ६२ संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार, पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालभरभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन् । शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन् ।

हालसम्म देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार, शनिवार ३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?