लेबनानमा कोभिडको संक्रमण झन् बढ्दै

लेबनान । लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।

बिहीवार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि बिहीवारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो ।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?