काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री प्रिटी तलरेजाले आफ्ना पति अभिजित पेटकरविरुद्ध सनसनीपूर्ण आरोप लगाउँदै पुलिसमा उजूरी दर्ता गराएकी छिन् । आफुमाथि धर्म परिवर्तनका लागि दबाब सिर्जना गरिएको उनको आरोप छ ।
पतिको आरोप नमान्दा कुटाईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिंसाबारे ट्वीटरसहितका सामाजिक सञ्जालमा पनि लेखेकी छिन् ।
प्रितिका अनुसार उनी पहिले मुम्बई पुलिसमा उजूरी लिएर गएकी थिइन् । तर, कुनै कारबाही नभएपछि उनले मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् । अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ ।
प्रिटीले सामाजिक सञ्जालमा पनि धेरै तस्विरहरु सार्वजनिक गरेकी छिन् । उनको अनुहारमा कुटपीटको निशान छ ।
UPDATE ON @preitytalreja's CASE:
FIR has been filed against Abhijeet Petkar (Converted to Islam) last evening at Khadakpada Police Station, Kalyan.
Thanks to @Dev_Fadnavis Dada & @KiritSomaiya Bhai for all the support 🙏 pic.twitter.com/EAqpt0HXwo
— Sunaina Holey (@SunainaHoley) January 6, 2021
के भएको थियो ?
तीन वर्ष पहिले प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें । प्रिटीका अनुसार अभिजित मुस्लिम हुन् । उनीहरुले मस्जिदमा विवाह गरेका थिए । यतिबेलासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । तर बिस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिदैं कुटपीट गर्न थाले । मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन ।
एक ट्वीटमा प्रिटीले लेखेकी छिन् – ‘मेरा पति अभिजितले आफु मुस्लिम रहेको बताएका छन् । उनीसँग धर्म परिवर्तनको कुनै कागज छैन । आफ्नो डकुमेन्टमा उनले आफ्नो नाम अभिजित पेटकर नै लेख्छन् ।’
तीन वर्षसम्मको प्रेममा पतिले धोका दिएको उनको गुनासो छ । प्रिटी चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया