पीएम कपको लागि प्रदेश-१ को टिम घोषणा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश-१ ले खेलाडी छनोट गरेको छ । प्रदेश-१ ले प्रतियोगिताको लागि २२ सदस्सीय टिमको घोषणा गरेको हो ।

प्रदेश-१ ले घोषणा गरेको टिममा सिदान्त लोहनी, फिर्दोस अंसारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन् ।

यस्तै आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?