ओली समूहको जनसभामा निर्मलालाई न्याय माग्दा पक्राउ परेका युवा छुटे

धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । धनगढीस्थित खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ? ’ लेखिएको टिसर्ट लगाउने ७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई हिजो साँझ छोडेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । बिष्टका अनुसार उनीहरु सबै बिधार्थी रहेको र शुक्रवार साँझ उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।

हुलदंगा हुन सक्छ भनेर उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?