काठमाडौं । ‘केजीएफ च्याप्टर-२’ को टीजर युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ ।
रकस्टार यशको फिल्म केजीएफको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका छन् । जसमा यश एक्शन गरिरहेको देखिएका छन् ।
रिलीज भएको दुई दिनमै ८७ मिलियन भ्यूज पाएको छ, भने ५ मिलियन लाइक पाएको छ ।
रकस्टार यशको फिल्म केजीएफको टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै रिलीज भएको छ । यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो । तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया