ट्रम्प विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सिएनएनका अनुसार मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा इरानले यसअघि नै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । इरानले पक्राउ पुर्जी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पठाएको छ ।

A supporter of Abu Mahdi al-Muhandis, deputy commander of the Popular Mobilization Forces, holds a photo of him during a protest in Tahrir Square, Baghdad, Iraq, Sunday, Jan. 3, 2021.

गत वर्ष अमेरिकी ड्रोन आक्रमणमा बगदादमा इरानी मेजर जनरल सुलेमानी र इराकी मिलिशियाका शीर्ष नेता अबु महदी अल मुहंदिसको एकसाथ मृत्यु भएको थियो । सुलेमानीको हत्या अभियोगमा इरानले र मुहंदिसको हत्या अभियोगमा इराकले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?